काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीलाई सरकारले नै बन्दी बनाएको भन्दै आपत्ति जनाएका छन् । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सांसद शाही अनुपस्थित भएपछि उनको खोजी सुरु भएको हो । उनको सचिवालयले उनी बिरामी भएकोले पोखराकै चरक मेमोरियल अस्पतालमा भर्ना भएको जनाएको छ । तर, हिजो मात्रै पीसीआर परीक्षण गराएका शाहीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रवक्ता शर्माले कोभिड रिपोर्टसहित सरकारले गुण्डागर्दी गरेर सांसदलाई बन्दी बनाएको आरोप लगाएका छन् ।
‘यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट १ स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ रु उपचारका नाममा बन्दि रु अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि रु’ शर्माले ट्वीटरमा लेखेका छन् ।
@PM_Nepal यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट !
स्वस्थ,तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दि ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि ? pic.twitter.com/GFCSssjC6I
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 28, 2021