काठमाडौं : पोखरा गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे -राजीव पहारी अविश्वास प्रस्तावमा मतदान हुने दिन संसदमा अनुपस्थित भएका छन् । संसदको कार्यसूची अनुसार आज अविश्वासमा मतदान हुँदैछ । सत्तारुढ एमाले समर्थक मानिने मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका मनाङे भने आज अनुपस्थित भएका हुन् ।
मनाङेले सोमबार प्रदेश सभा सचिवालयमा आफू स्वतन्त्र सांसद भएकाले छुट्टै सिट उपलब्ध गराउन निवदेन दिएका थिए । २०७६ मा नेकपा प्रवेश गरेका मनाङेले अहिले आफूलाई स्वतन्त्र सांसद बताउँदै आएका छन् । उनले नेकपामा बुझाएको लेबी समेत फिर्ता मागेका छन् । मनाङेको मोबाइल अहिले स्विच अफ छ । मनाङेले मुख्यमन्त्री गुरुङको विरुद्धमा मतदान गरेर मन्त्री बन्ने हल्लासमेत प्रदेश सभामा रहेको थियो ।