काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा कुल ४ हजार ५ सय २४ जना कोरोना संक्रमण थपिएका छन्। यस अविधिमा १८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१५ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन्। हिजो मात्र कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो।