• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश :अस्पतालमै स्वास्थ्य सुरक्षा मापदण्ड पालना छैन

धनगढी: सेती प्रादेशिक अस्पतालमा उपचारकै लागि टिकट लिन लाइनमा बसेका केही व्यक्तिहरूका मुखमा मास्क छैन । भौतिक दूरीको त कुरै छाडौँ अस्पतालको ओपिडी कक्षमा ठूलै भिड देख्न सकिन्छ । कुनै न कुनै उपचारकै क्रममा अस्पताल पुगेका व्यक्तिहरूमा देखिएको यो बेपर्वाहले कोरोना संक्रमणको त्रास बढाएको छ ।

कोरोना भाइरस संक्रमण सुदूरपश्चिममा तिव्र छ । दैनिक सयभन्दा बढी कोरोना संक्रमितहरू थपिने गरेका छन् । गत २४ घण्टामा तीन जनाको मृत्यु भइसकेको छ भने शनिबार मात्र ११० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पहिलो लहरका बेला पालना गर्न गराउन लगाइएका स्वास्थ्य मापदण्ड समेत अस्पतालमा लागू गरिएको देखिँदै । दोस्रो चरणको कोरोना अत्यन्त तिब्र गतिमा फैलन सक्ने हुँदा सचेत रहन आग्रह गरिए पनि आवश्यक व्यवस्थापन भने भएको पाइँदैन ।

साबुनपानीले हात धुने, मास्क लगाउने, भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, सकेसम्म घरभित्रै बस्ने आदि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा नागरिकको लापरबाही बढ्न थालेको छ । यहाँको अस्पतालमा भीड व्यवस्थापन र स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पालना नहुँदा कैलालीका समुदायलाई कोरोना भाइरसबाट सुरक्षित बनाइराख्न चुनौती देखिएको छ ।

‘बिरामी र उनीहरूसँगै अस्पताल आउनेहरूको भीड व्यवस्थापन हुन सकेको छैन, सेती प्रादेशिक अस्पताल धनगढीमा लिन आएका गजेन्द्र धामीले भने, ‘भौतिक दूरी कायम भएको छैन । नजिक(नजिक टाँसिएर ठेलमठेल गरेर लाइन बस्नुपरेको छ ।’

विभिन्न ठाउँमा हात धुन साबुनपानीको व्यवस्था गरिए पनि प्रयोगमा आएको छैन । ओपिडी कक्षमा सबैभन्दा बढी भिड हुने गरेको छ । नाम दर्ता, जाँच गराउने र रिपोर्ट देखाउने समयमा मानिसहरुको भिड लाग्ने गरेको छ । अस्पताल व्यवस्थापन समितिले भिड व्यवस्थापनका लागि कुनै पनि उपाय गरेको देखिँदैन ।

सेवाग्राहीले भौतिक दूरी पालना नगरिदिँदा समस्या भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । ‘जति भने पनि आफ्नो ढिपी छाड्दैनन्’, उनले भने, ‘सेवाग्राहीले वास्ता गर्नुभएको छैन । कन्ट्रोल गर्न समस्या भएको छ ।’

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा १ दिनमा ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको छ ।

 

सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.