• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

छाउपडी : सुदूरमा मडारिएको ज्यान लिने कुसंस्कारको कालो मुस्लो

टेकसिँह धामी/ धनगढी: मुलुकको एक छेउमा अवस्थित सुदूरपश्चिम भौगोलिक तथा जैविक एवं प्राकृतिक विविधताले जति सुन्दर छ, यस क्षेत्रमा कायम कुप्रथाहरूले प्रदेशका सबै सुन्दरताहरूलाई छायामा पारिदिएको महसुस हुन्छ।

विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविक विविधता र बहुसांस्कृतिक परम्पराले सुदूरपश्चिम क्षेत्र निकै चर्चामा छ। तरपनि यहाँको समाजमा व्याप्त छाउपडी, महिला हिंसा तथा विभिन्न अन्धविश्वासका कारण बदनाम पनि हुन पुगेको छ।

सुदूरपश्चिमु नाम सुन्नासाथ अधिकांश नागरिकको दिमागमा छाउपडी प्रथा कायम रहेको क्षेत्र नाच्छ। घरभन्दा निकै टाढा एकान्तमा रहेको छाउपडी गोठमा बस्दा बलात्कृत हुने, सर्पले डस्ने, हिंस्रक जंगली जनावरले शिकार बनाउने गरेका घटना बारम्बार सुन्नुपर्छ।

छाउपडी लगायत विभिन्न कुप्रथाका कारण सुदूरपश्चिममा वर्षेनी सयौं महिलाले अकालमै ज्यान गुमाउनुपरेको छ। यहाँ यस्ता वियोगका प्रशस्त उदाहरण भेटिन्छन्। कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइने गरिएका कारण यहाँका महिलाहरू मृत्युको मुखमा पुग्न बाध्य छन्।

प्रदेशका ९ मध्ये ७ वटा पहाडी जिल्लाका अधिकांश महिलाहरू छाउपडी प्रथाका कारण बर्सेनि मृत्युको शिकार भइरहेका छन्। तर, छाउ प्रथा खासै रोकथाम तथा उन्मुलन हुन सकेको छैन।

यहाँका पहाडी जिल्लामा छाउसँग जोडिएका विभिन्न अन्धविश्वास कायमै छन्‌। प्रदेशका शहरी क्षेत्रसमेत यही अन्धविश्वासमा गाँजिएको छ। त्यसकारण पनि यो प्रथा अन्त्य हुन नसकेको हो।

प्रदेश राजधानी रहेको जिल्ला कैलालीमै छाउगोठ प्रथा कायम छ। शिक्षित, बुद्धिजीवि र आधुनिक सम्पन्नता भोगिरहेका मानिसहरू बस्ने राजधानीमै ुपरापूर्व कालदेखि चलिआएको प्रथाका नाममा यो कुप्रथा कायमै छ। रजस्वला प्राकृतिक प्रकृया भएपनि पुरातन सोचका कारण यहाँका महिलाहरू छाउगोठमा बस्न बाध्य छन्।

आर्थिक वर्ष २०७६र०७७ मा अछाममा एक जना महिलाको छाउगोठमा ज्यान गयो। यो प्रथाले ज्यान लिएको भन्दै चौतर्फी दबाब सिर्जना भयो।

नेपाल सरकारले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका विभिन्न‍ ठाउँमा छाउ गोठहरू भत्काउने अभियान नै सञ्चालन गर्‍यो। तर, अभियान सञ्चालन गरेको एक वर्ष नाघ्दा समेत महिलाहरू छाउगोठमा बस्न बाध्य छन्।

प्रदेश राजधानी रहेको जिल्ला कैलालीको गोदावरी नगरपालिकाकी गौमति बोगटीलाई प्रत्येक महिनाको ६ दिन आफू मर्ने हो कि बाँच्ने भन्ने डरले सताउने गर्छ।

उनी महिनावारी हुने बित्तिकै छाउगोठमा बस्न बाध्य हुन्छिन्‌। छाउगोठमा बस्नु हुन्न भन्ने पनि थाहा छ। तर, उनका परिवारमा रहेका सदस्यका कारण छुट्टै गोठमा बस्न बाध्य भएको बोगटी बताउँछिन्।

उनकै जस्तो पीडा कैलालीकै टीकापुरकी स्वस्तिका शाहले पनि ब्यहोर्दै आएकी छिन्‌। १८ वर्षकी उनलाई पनि छाउपडी प्रथाबाट छुटकारा मिलेको छैन।

उनकी आमा पनि छाउ भएका बेला छुट्टै गोठमा बस्ने गर्छिन्। समाजमा छाउ भएका बेला घरभित्र बस्दा कुलदेउता रिसाउने र अनिष्ट हुने भन्ने सोच रहेकोले छुट्टै बस्नुपर्ने शाहले बताइन्‌।

समाजमा रहेको यो सोचका कारण गत साल भत्काइएका छाउगोठ पनि भत्काएको केही दिनमै ठडिए। अहिले सबै महिलाहरू रजस्वला हुँदा छाउगोठमै बस्ने गरेको उनको भनाई छ। महिनावारी भएका बेला आफूहरू शारीरिक रूपमा समेत कमजोर हुने गरेपनि छाउगोठमा बस्नुपर्दा झनै मानसिक तनाव समेत हुने गरेको र जसकारण पढाईमा समेत बाधा पुग्ने गरेको दुखेसो उनले पोखिन्।

धनगढी उपमहानगरपालिका-१२, जुगेडाकी जमुना विक अझै पनि छाउगोठमै बस्छिन्।

उनी भन्छिन्, छाउगोठमा बस्दा दुस्ख त हुन्छ, तर बस्नैपर्छ। चिसो समयमा कठ्यांग्रिदो चिसो सहनुपर्छ। गर्मीको समयमा सर्प कतिबेला आउँछन् र टोक्छन् भन्ने डरबीच गोठमा बस्नुपर्छ।

छाउ भएका महिलाले अलग्गै नबसे अनर्थ हुने मानसिकता रहेका कारण आफूहरू बाध्य भएर छाउ गोठमा बस्नुपरेको विकले बताइन्।

छाउपडी हटाउने भन्दै होटल होटलमा कार्यक्रम, उपलब्धि शून्य

छाउपडी हटाउने भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले दिनहुँजसो गोष्ठीहरू सञ्चालन गर्दै आएका छन्।

ती गोष्ठीहरूमा समाजका अगुवाहरू भनिनेलाई मात्रै बोलाइन्छ। यस्ता कर्मकाण्डी कार्यक्रमहरू बजेट सिध्याउने माध्यममात्रै बनेका छन्। तर, छाउगोठमा बस्ने महिलाहरूको पीडा उस्तै छ।

गोष्ठीका नामका थुप्रै कार्यक्रम होटलका बन्द कोठामा सञ्चालन गर्दा समाजमा रहेको सोच परिवर्तन नहुने धनगढी जुगेडाकी रमिता शाही बताउँछिन्‌।

दिनहुँजसो यस्ता कार्यक्रम हुने गरेपनि उपलब्धि भने शून्यप्रायस् छ, उनले भनिन्‌, छाउगोठबाट महिलाहरूलाई मुक्त गर्न सम्वन्धीत क्षेत्रमा गएर सचेतना फैलाउनुपर्ने र त्यस क्षेत्रलाई लक्षित गरेर छाउगोठ बस्न नदिने महिलाका परिवारलाई पुरस्कृत एवम बस्न बाध्य बनाउने परिवारका सदस्यलाई राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित गर्न सकेमात्र यो समस्या हट्ला, नत्र कुसंस्कारको यो कालो मुस्लो सुदूरमा मडारिइहन्छ।

सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.