धनगढी: नेकपा एमालेले २६४ सदस्यीय दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरूको कार्य विभाजन गरेको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।
उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने बताइएको छ । विष्णु पौडेल, शङ्कर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली स्कुल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल सङ्गठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ बागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।
स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको हो ।
एमाले नेताहरूको जिम्मेवारी
लेखराज भट्ट स् इन्चार्ज सुदूरपश्चिम प्रदेश, प्रमुख उद्योग तथा वाणिज्य विभाग, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासङ्घ तथा सम्बद्ध सङ्गठनहरू
कर्ण थापा: अध्यक्ष सुदूरपश्चिम प्रदेश
गणेश ठगुन्ना: प्रमुख सामान्य प्रशासन विभाग, सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज दार्चुला
नदरमुनि राना: सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज कैलाली
प्रेम आले: प्रमुख वन तथा वातावरण विभाग
महेश्वर पाठक: सह इन्चार्ज सुदूरपश्चिम प्रदेश
राजेन्द्र रावल: सचिव सुदूरपश्चिम प्रदेश, इन्चार्ज डडेल्धुरा जिल्ला
लाल बहादुर थापा: इन्चार्ज बाजुरा जिल्ला
निरुदेबि पाल: इन्चार्ज कञ्चनपुर जिल्ला
पुरनसिंह दयाल: इन्चार्ज बैतडी जिल्ला
गौरी ओली: इन्चार्ज डोटी जिल्ला
झपट बोहरा: इन्चार्ज अछाम जिल्ला
भैरव सिंह: इन्चार्ज बझाङ जिल्ला
दीपक देवकोटा: सह इन्चार्ज कैलाली जिल्ला
लीला भण्डारी: सह इन्चार्ज कैलाली जिल्ला