काठमाडौँ: विभाजनको संघारमा रहेको सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौँको नक्सालस्थित होटल मेरियटमा झण्डै तीन घण्टा एक्लाएक्लै छलफल गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेपाल बाहिरिएका हुन् ।
ओली केही बेर अघि बाहिरिएका थिए भने नेपाल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा सांसद मोतिलाल दुगडबीच भने केही बेर थप छलफल चलेको थियो । नेपाल र दुगडबीच पनि केही बेर छलफल भएको थियो । केही बेरको छलफलपछि नेता नेपाल पनि बाहिरिएका छन् ।
होटलबाट बाहिरिने क्रममा नेता नेपालले कुराकानी कुराकानीमा कुनै प्रगती नभएको प्रतिक्रया दिए । सञ्चारकर्मी कुरा गर्न नमानेका नेता नेपालले भने, म बोल्दिनँ । बोल्न पर्नेगरी कुनै प्रगती छैन । उनीहरुबीच बुधबार पनि झण्डै २ घण्टा एक्लाएक्लै छलफल भएको थियो ।
