काठमाडौ: त्रिकोणात्मक टी(२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् ।
त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर फाइनल अघि नेपाल मलेसियालाई हराउँदै दाबेदारी पेश गर्न चाहन्छ । ३ खेलबाट नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा छ ।
बुधबार भएको खेल टाई भएपछि नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेका थिए । मलेसियाको ३ खेलबाट १ अंक मात्र छ ।
नेपालले मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्ने छ ।
नेपाल भर्सेस मलेसिया हेड टु हेड
कुल खेल : ९
नेपाल विजयी: ७
मलेसिया विजयी :२
टी २०आई खेल स् ५
नेपाल विजयी स् ४
मलेसिया विजयी : १
२००७ एसीसी टी२० कप
नेपाल २१ रनले विजयी
२००९ एसीसी टी २० कप
मलेसिया ६ विकेटले विजयी
२०१३ एसीसी टी २० कप
नेपाल १९ रनले विजयी
२०१८ आईसीसी विश्वकप टी२० एसिया रिजन क्वालिफायर बी
नेपाल ८ विकेटले विजयी
२०१९ नेपाल इन मलेसिया टी २० आई सिरिज
पहिलो खेलमा नेपाल ७ विकेटले विजयी
दोस्रो खेलमा नेपाल ६ रनले विजयी
२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल
नेपाल ७ विकेटले विजयी
२०२० एसीसी इस्टर्न रिजन टी २०
नेपाल २२ रनले पराजित
२०२१ त्रिकोणात्मक सिरिज
नेपाल ९ विकेटले विजयी