• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम: चार पार्टीको एउटै रणनीति ‘पर्ख र हेर’

"कर्णालीमा एमालेको 'फ्लोर क्रस'ले सुदूरपश्चिममा राहत! "
टेकसिंह​ धामी/धनगढी: सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको चर्चाबीच चार पार्टीहरूले केन्द्रकै निर्णय कुरिरहेका छन्।

पछिल्लो ३ महिनायता सुदूरपश्चिम सरकार फेरबदलसँगै नयाँ गठबन्धन सरकार बन्ने कसरत सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीचको नयाँ गठबन्धनको सरकार बन्नेबारे छलफल सुरु भएको स्रोतले जनाएको छ।

कांग्रेस

एमालेभित्रको खिचातानीले प्रतिपक्षी कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य थालिसकेको छ। कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले भने, ‘देश तरलतामा उभिएको छ। नेकपालाई जनताले केन्द्र र प्रदेशमा २ तिहाइ दिएका थिए। तर उहाँहरूको अकर्मण्यताका कारणले देश धराशयी अवस्थामा छ। अब यस अवस्थामा नेपाली कांग्रेसको भूमिका आवश्यक परे यो ३ वर्षमा गर्न नसकेको काम हामीले गर्न सक्छौं।’

नेता रावलले नयाँ सरकार गठन वैशाख महिनाभित्रै हुनेसमेत दाबी गरेका छन्। उनले वैशाख महिनाभित्रै अर्को सरकार गठनको काम हुने र उहाँहरूको पनि केन्द्रदेखि प्रदेशसम्मको आ–आफ्नै माग रहेकाले आफूहरू छलफलमै रहेको बताए।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आफूहरू प्रदेशमा बढ्ने रावलको भनाइ छ।

माओवादी केन्द्र

सुदूरपश्चिम प्रदेश सरकारमा रहेको माओवादी केन्द्र प्रदेश सरकार सुरक्षित रहेको दाबी गर्छ। माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले नयाँ सरकारबारे हालसम्म कुनै छलफल नभएको बताए। तथापि माओवादीले पनी केन्द्रकै निर्णय कुरिरहेको बुझिएको छ।

जसपा

प्रदेश सरकारको प्रतिपक्षी दल जसपाले भने नयाँ सत्ता समीकरणबारे कुनै दलसँग छलफल नभएको दाबी गरेको छ। आफूहरूको माग मुद्दाबारे केन्द्रीय सरकारसँग छलफल जारी रहेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीले बताए।

एमाले

एमाले नेता तथा प्रदेशसभा सदस्य पठानसिंह बोहोराले सुदूरपश्चिम प्रदेश सरकारको विषयमा केन्द्रकै निर्णय कुरेर बसेको बताए। उनले भने, ‘यसका लागि हामी केन्द्रीय कमिटीको निर्देशन पर्खिएर बसेका छौं। अहिलेसम्म सरकारलाई दिएको समर्थन जारी नै छ। माथिबाट निर्णय आएपछि त्यहीअनुसार अघि बढ्छौँ।’

यस्तै नेकपा एमालेका अर्का सांसद रतन थापाले आफ्नै पार्टीका सांसदहरू एकढिक्का नभइसकेकोले अविश्वास प्रस्ताव ल्याउन हतार गर्न नहुँने बताए। ‘अहिले हाम्रा २५ जना प्रदेशसभा सदस्य एक ढिक्का भइनसकेको अवस्था छ,’ उनले भने, ‘वैशाख ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्छ। माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने वा यही सरकारलाई समर्थन कायम राख्ने भन्नेबारे ८ गतेपछि मात्र थाहा हुन्छ।’

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउन पहल गरिने उनले बताए। त्यो अवस्थामा जसपासँग सहकार्य हुन सक्छ, जसपासँग नभए कांग्रेससँग पनि सहकार्य हुने उनको भनाइ छ।

कर्णालीको ‘फ्लोर क्रस’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राहत

नेकपा एमालेका सांसदहरूले ‘फ्लोर क्रस’ गर्दै कर्णाली प्रदेश सरकारलाई जोगाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि राहत महसुस गरेका छन्।

सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिए मुख्यमन्त्री भट्टको पद धरापमा पर्ने देखिएकोमा कर्णालीमा भएको ‘फ्लोर क्रस’ जस्तै सुदूरपश्चिममा पनि एमालेले साथ दिने संकेत देखाएपछि प्रदेश सरकार जोगिनेमा मुख्यमन्त्री भट्ट ढुक्क देखिएका हुन्।

आइतबार धनगढीमा आयोजित पत्रकार महासंघ कैलालीको पदस्थापना कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम सरकार संकट नरहेको दाबी गरेका छन्। उनले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताए। सरकार फेरबदलका विषयमा छलफल नै नभएको उनको भनाइ छ।

 

सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.