धनगढी:कैलालीको लम्कीबाट प्रसारण हुने रेडस्टार एफएममाथि तोडफोड भएको छ । आईतबार कैलालीको लम्कीबाट प्रसारण हुने रेडियोमा तोडफोड भएको हो । मिडियामाथि भएको आक्रमणको प्रेस युनियन कैलालीले भत्सर्ना गरेको छ ।
युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले समाचारका बिषयमा कुनै बिमती भए कानुनी प्रक्रियामा जान सकिने बताउदै कानुन आफ्नो हातमा लिएर भएको आक्रमणको भत्सर्ना गरे । उनले मिडियामा आक्रमण गर्नु निन्दनीय भएको बताए ।
अराजक गतिविधि गर्ने जो कोहिलाई पनि कडा करवाही हुनुपर्ने देउवाले माग गरे ।
