• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कर्णालीमा एमालेको ‘फ्लोर क्रस’: सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राहत

धनगढी: नेकपा एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गर्दै कर्णाली प्रदेश सरकारलाई जोगाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि राहत महसुस गरेका छन् । सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिए मुख्यमन्त्री भट्टको पद धरापमा पर्ने देखिएकोमा कर्णालीमा भएको ‘फ्लोर क्रस’ जस्तै सुदूरपश्चिममा पनि एमालेले साथ दिने संकेत देखाएपछि प्रदेश सरकार जोगिनेमा मुख्यमन्त्री भट्ट ढुक्क देखिएका हुन् ।

आइतवार धनगढीमा आयोजित पत्रकार महासंघ कैलालीको पदस्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भए जस्तो सुदूरपश्चिम सरकार संकटमा छैन् । यहाँ सरकार फेरवदलका विषयमा छलफल पनि भएको छैन् । प्रदेश सरकार तत्काल परिवर्तन हुँदैन् ।’

उनले केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै प्रदेश सरकार परिवर्तन गर्न खोजेको आरोप लगाए । पूर्वमाओवादी र अहिलेका एमाले नेता लेखराज भट्टप्रति इंकित गर्दै उनले भने, ‘विगतमा हाम्री पार्टीमा रहेका र हामीले नै नेता ठानेका केही व्यक्तिहरु प्रदेश सरकार फेर्न हात धोएर लागिरहेका छन् ।’

एमालेमा माधव नेपाल पक्षका नेता भीम रावलले पनि सुदूरपश्चिम सरकार तत्काल फेरवदल नहुने संकेत देखाएका छन् । शनिवार धनगढीमा भएको कार्यक्रममा नेता रावलले कर्णाली प्रदेशमा एमालेका सांसदहरूले स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताउँदै भने, ‘पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरिएको हो ।’

उनले आवश्यक परे सुदूरपश्चिममा पनि यस्तो कदम चाल्न सकिने बताए । रावलको उक्त अभिव्यक्तिले सुदूरपश्चिममा ओली समूहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे माओवादी नेतृत्वको सरकार जोगाउन नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गर्ने संकेत गरेको छ ।

शुक्रवार भएको नेकपा एमालेको संसदीय दलको बैठकमा ओली पक्षका सांसदहरु अनुपस्थित हुनु र एकलौटी ढंगले संसदीय दलको विधान सर्वसम्मत पारित गर्नुले पनि सुदूरपश्चिम प्रदेशमा ओली समूहका हरेक रणनीतिलाई असफल बनाउन नेपाल समूह सक्रिय भएको देखिन्छ ।

नेकपा एमालेभित्रको समूहगत विवादले एमालेबाहेक अन्य पार्टीलाई भने फाइदा पुग्ने देखिन्छ । एमाले सुदूरपश्चिममा एक भए नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेर नयाँ सरकार बनाउने सम्भावना पनि छ ।

 

आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.