धनगढी: कैलालीसंग जोडिएको त्रिनगर-गौरीफन्टा नाका बन्द गरिने भएको छ ।
भारतमा स्थानीय तहको निर्वाचन हुन गईरहेकोले हाल सञ्चालनमा रहेको गौरीफन्टा नाका बन्द गरिने भएको हो । बैशाख ५ गते साझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द हुने कैलाली प्रशासनले जनाएको छ ।
सो नाका भएर अहिले दैनिक हजार बढि नेपाली स्वदेश फर्किरहेका छ्न ।