• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीको प्रशिक्षकमा राई र आइकोनिक खेलाडीमा चेञ्जोङ

धनगढी, २ बैशाख/नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लब(एफसी)को प्रशिक्षकमा युगलकिशोर राई र आइकोनिक खेलाडीमा रुपमा किरण चेञ्जोङ नियुक्त भएका छन् । धनगढी एफसीले बिहीबार दुवैसँग यस सिजनका लागि सम्झौता गरेको छ ।

३७ वर्षीय युगलकिशोर राई एएफसी ए कोचिङ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले यसअघि झापा यू–१९, झापा–११ फुटबल क्लब, झापा फुटबल क्लब र बासबारी क्लबको प्रशिक्षकत्व सम्हालि सक्नुभएको छ ।यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका किरण चेञ्जोङले भारतको आइलिग फुटबल खेल्नुहुन्छ । उनले पाँचवर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्ने तयारीमा हुनुहुन्छ । २०७२ सालमा मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेपछि उनी पहिलोपल्ट घरेलु फुटबल खल्न लागेका हुन् ।

२०६३ सालमा मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेल्न सुरु गर्नुभएका किरणले २०६४ देखि २०७२ सम्म थ्रीस्टार क्लबबाट खेलेका थिए । २०७२ मा मनाङमस्र्याङ्दी खेल्दै उहाँ माल्दिभ्सको टीसी स्पोर्टस क्लब खेल्न गएका थिए । त्यहाँ उनले दुई सिजन बिताए ।२०१८ देखि उनले भारतको आइलिग फुटबल क्लब मिनरेवा पञ्जावसँग अनुबन्ध गरे । त्यसयता उनले पञ्जावमा तीन सिजन बिताएका छन् ।

उहाँले २०६९ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचाल्नुभएको थियो । यस्तै २०७१–७२ मा राष्ट्रिय लिग, २०१८ मा माल्दिभ्सको धिवेही प्रिमियर लिग र सोहीवर्ष भारतको आइलिग उपाधि उचालेका थिए । तीन देशको लिग जित्ने उनी पहिलो खेलाडी समेत हुन् ।अघिल्लो सातामात्रै उहाँको कप्तानीमा नेपालले दशरथ रंगशालामा थ्री नेसन्स कपको उपाधि जितेको थियो । किरणको कप्तानीमा नेपालले जितेको यो नै पहिलो उपाधि हो । जसक्रममा समूह चरणमा किर्गिस्तान–२३ र बंगलादेशलाई किरणले एक गोल पनि गर्न दिनुभएको थिएन । यता फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।

धनगढीसँग अनुबन्ध भएपछि किरणले भने, ‘पाँचवर्षपछि लिगमा पुनरागमन गर्न लाग्दा उत्साहित छु । खेलाडीका लागि आर्थिक पाटो महत्वपूर्ण हुन्छ । धनगढीले गरेको प्रस्ताव मलाई चित्त बुझेर क्लबसँग सम्झौता गरेको हुँ । क्लबले राम्रो गरेपछि खेलाडीले पनि राम्रो गर्नुपर्ने हुन्छ । मैले पनि सक्दो राम्रो गर्दै टोलीमा पोजिटिभ छाप छाड्ने प्रयास गर्नेछु ।’यस्तै धनगढील यसअघि विदेशी प्रशिक्षकका रुपमा तोपे फुजालाई अनुबन्ध गरिसकेको थियो । नवनियुक्त प्रशिक्षक राईले फुजासँग मिलेर काम गर्ने बताए । उनले भने, ‘आइकोनिक खेलाडीमा किरण र मार्की खेलाडीमा विशाल छन् । हामीसँग अब तयारी पनि कम छ । तर, हामी राम्रो फुटबल खेल्ने प्रयास गर्ने छौ । फुजासँगै मिलेर काम गर्ने छौ ।’
ग्रो ड्रिमर्सको स्वामित्व रहेको धनगढी एफसीका मालिक सुबास शाहीले किरण र राईको आगमनसँगै टोली पूर्ण भएको बताए । अहिलेका हट केक खेलाडी किरणलाई अनुबन्ध गर्न पाउँदा उनले खुशी व्यक्त गरे ।

बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.