भोज मन्नी
मसुरिया २९ चैत/राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले जनताको सहयोग बिना प्रहरीले काम गर्न नसक्ने कुरा बताए ।
गौरीगंगगा नगरपालिका ८ स्थित इलाका प्रहरी कार्यालय मसुरियाको नवनिर्मित भवनको आइतवार उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका कार्कीले सो कुरा बताएका हुन् । उनले भने सर्वेसर्वा जनतालाई राखेर काम गर्नुपर्ने र नयाँ भवनमा बसेर पुरानो सोचाइका साथ काम गरे प्रहरीले दिनुपर्ने सेवा प्रवाहको कुनै प्रभावकारिता हुदैन ।
प्रदेश प्रहरीसंग सौहाद्र र सुदृढ खालको सम्बन्ध भएन भने अपराध र अपराधी विसंगती विरुद्ध लड्न नसक्ने भएकोले नागरिक समाजसंग हातेमालो र साझेदारीको आवस्यक सहयोग पर्ने कुरा समेत बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयको भवन निर्माणमा विभिन्न निकायसँग समन्वय गरि योगदान पुरयाउने गौरीगंगा नगरपालिका प्रमुख भिम बहादुर देउवा,रोयल निर्माण प्रा।लिका ठेकेदार प्रकाश बहादुर सेठी,युनोप्स इन्जिनियर अनुज पाण्डे,विपिन नेपाल,जग्गा खरिद र सरोकारवाला संग समन्वयमा योगदान गरे बापत समाजसेबी राजेन्द्र प्रसाद देवकोटा र सवारी दूघटनामा प्रहरीसंग सहकार्य गरि क्वीक रेस्पोस टिममा एम्बुलेन्सको व्यवस्थापनमा सहयोग गरे बापत वडा न ९ का वडा सदस्य चिरञ्जीवी जोशी लगाएत ६ जनालाई प्रशंसा(प्रत्र र दोसल्ला ओढाइ सम्मान गरिएको हो ।
नव निर्मित भवन डिएफआइडीको सहयोगमा एम।आइ।पी परियोजना अन्तरगत युनोप्सले २करोड ६४ लाख ८३ हजार ९० रुपियाँ लागतमा निर्माण भएको हो ।उद्घाटन कार्यक्रम गौरीगंगा नगरपालिका भिम बहादुर देउवा,सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी,कैलाली जिल्ला प्रहरी पमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी निरीक्षक लक्ष्मी पसाद जोशीले बिचार राखेका थिए ।
कार्यक्रममा कैलाली प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल,सशस्त्र प्रहरी वल नेपाल न ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठ र संघीय प्रहरी इकाई कार्यालय प्रमुख वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्याय लगाएत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,व्यापारी,समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।