धनगढी : कैलालीमा घरमा लुकाई छपाई राखिएको अवस्थामा १७ वटा सालको गोलिया बरामद गरिएको छ ।
बर्दगोरिया गाउँपालिका वडा ५ बैदिपुरमा स्थानीय कान्छो भुलको घरबाट १७ वटा सालको गोलिया बरामद गरिएको हो । सब डिभिजन वन कार्यालय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त टोलिले मंगलबार स्थानीय भुलको घरबाट सो काठ बरामद गरेको सब डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक बन अधिकृत कृष्ण बहादुर बोहराले जानकारी दिए ।
काठ मालिक भुल भने अहिले फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ सब डिभिजन वन कार्यालय बर्दगोरियाको कम्पाउन्डमा राखिएको छ ।
