• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सरकार ढाल्ने कसरत !

धनगढी : नेकपा एमाले ओली समूहले सुदूरपश्चिम प्रदेश सरकार ढाल्ने कसरत थालेको छ। नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन्। एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ। सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो। तर होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य रतन थापाले बताए।

अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले नै गर्नेछ। अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन्। अब उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारीमा भइरहेको उनले बताए। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि त्यतिबेलाको नेकपा दुई समूहमा विभाजन भएको थियो। मुख्यमन्त्री भट्टले ओली समूहमा रहँदै आएका भौतिक पूर्वाधार विकासमन्त्री बोहरालाई हटाएका थिए।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनमा परिणत हुँदा मुख्यमन्त्री भट्ट अल्पमतमा छन्। सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट २५, माओवादी केन्द्रबाट १४, नेपाली कांग्रेसबाट १२ र जनता समाजवादी पार्टी ९जसपा० बाट दुई सांसद छन्। भट्ट माओवादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बनेका हुन्। एमालेले सरकारको समर्थन फिर्ता लिए उनलाई मुख्यमन्त्रीमा टिकिराख्न कांग्रेस र राजपा दुवै पार्टीको समर्थन आवश्यक पर्छ।

दुई पार्टी एकीकरण भएपछि बनेको नेकपा पार्टीका ३९ सांसदमा आठजना मात्र ओली पक्षमा लागेकाले दाहाल–नेपाल समूहसँग सुविधाजनक बहुमत रहँदा मुख्यमन्त्री भट्ट ढुक्कजस्तै थिए। एकता भंग हुनुअघि नै नेकपामा राजनीतिक विभाजन आई ओली र दाहाल–नेपाल समूह बनेपछि मुख्यमन्त्री भट्टले ओली समूहका भौतिक पूर्वाधार विकासमन्त्री बोहरालाई पुस १४ गते हटाएका थिए। ओली समूहमा लागेका तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पुस २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए।

कांग्रेस र जसपाको समर्थन पाएको अवस्थामा समेत माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य रहेका १४ मध्ये दुईजनाले ह्विप उल्लंघन गरेर विपक्षमा मत हाले उनलाई गाह्रो हुनेछ। माओवादी केन्द्र पृष्ठभूमि भएका प्रभावशाली नेता लेखराज भट्ट ओली समूहमा लागेकाले सुदूरपश्चिम प्रदेशको राजनीति तरंगित भएको छ।

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ। नयाँ सरकार बनाउन नेपाली कांग्रेस र राजपासँग वार्ता गर्न एमाले प्रदेश समितीको बैठकले प्रदेशका सहइन्चार्ज पाठक संयोजक रहेको तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको प्रदेश अध्यक्ष थापाले बताए। सदस्यमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री झपट बोहरा र प्रदेशसभा सदस्य रतन थापा छन्।

 

मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.