काठमाडौं : त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने बंगलादेशसँगको खेलका लागि नेपालले सुरुवाती–११ को घोषणा गरेको छ ।
फाइनलमा नेपालले सुरुवाती खेलको टिमबाट दुई खेलाडी परिवर्तन गरेको छ । अभिषेक रिजाल र रवि पासवानको ठाउँमा विशाल राई र सुनिल बलले सुरुवाती–११ मा मौका पाएका छन् ।
गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर – त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई
फरवार्ड – अन्जन विष्ट
