• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सरकार ढालेर एमालेको सरकार बनाउने गृहकार्य थालियो

धनगढी : सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु भएको छ । एमालेले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएर पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालेको हो ।

साविक माओवादी केन्द्रका नेता लेखराज भट्टको प्रस्तावमा मुख्यमन्त्री भट्टलाई एमालेले समर्थन गरेको थियो । अहिले एमालेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज रहेका लेखराजले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने बताइसकेका छन् ।

एमाले–माओवादी एकता भंग भएसँगै भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् ।

प्रदेश सरकार सञ्चालनको लागि २७ जना सांसद आवश्यक पर्छ । एमालेले कुनै एक पार्टीसँग सहकार्य गरेर नयाँ सरकार गठन गर्न सक्ने भएको हुँदा अहिलेको सरकारविरुद्ध दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको एमाले कैलाली अध्यक्ष रतन थापाले बताए ।

‘केन्द्रमा माओवादीले समर्थन फिर्ता नलिएकाले यहाँ पनि हामीले फिर्ता नलिएका हौँ’ उनले भने ‘केन्द्रमा फिर्ता लिएकै दिन यहाँको सरकार ढल्छ ।’

प्रदेशसभामा एमालेमा ७ जना समानुपातिक सांसद छन् । तीमध्ये ६ जना माधवकुमार नेपाल पक्षमा छन् भने १ जना ओली पक्षमा छन् । समानुपातिक सांसदलाई हटाएर भए पनि सरकार गठन गर्ने एमालेको तयारी छ ।

एमालेले मुख्यमन्त्रीका लागि अघि सारेका बोहरा यसअघि भौतिक योजना तथा निर्माणमन्त्री थिए ।एमाले भित्र बोहरासँगै मुख्यमन्त्रीमा प्रकाश शाह र तारालामा तामाङको पनि चर्चा छ । शाह माओवादीसँग एकता हुनुअघि एमालेको संसदीय दलका नेता थिए । उनी अहिले आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । तामाङ एमालेका प्रमुख हुन् ।

एमालेले काँग्रेससँग सहकार्य गरेर सकार बनाउने अवस्था आए काँग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावल मुख्यमन्त्री बन्न सक्ने अनुमान गरिएको छ ।

शनिबार, चैत १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.