धनगढीः नेकपा एमाले सुदूरपश्चिमका तत्कालीन संयोजक भीम रावलसँग पार्टीको सम्पत्ती हिनामिना गरेको आरोपको जवाफ मागिएको छ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले रावललाई पठाएको स्पष्टिकरण पत्रको ६ नम्बर बुँदामा पार्टीको सम्पत्ति हिनामिना गरेको आरोप भन्दै जवाफ मागिएको छ।
रावललाई सोधिएको छ, “पार्टी विधानको धारा ४९ ९क० १२ मा उल्लेखित पदीय आचरण वा पार्टी हित विपरित आर्थिक अनुशासन हिनता वा पार्टी सम्पत्तिको हिनामिनामा संलग्न हुन नहुने प्रावधान विपरित पार्टीको सम्पत्ति हिनामिना गर्ने काममा प्रत्यक्ष संलग्न भई पार्टी कार्यकर्ताको दुःख, मेहनतले जम्मा गरेको रकम दुरुपयोग गर्नरगराउन प्रत्यक्ष भूमिका के–कति कारणले खेल्नुभएको होरु”
रावलमाथि एमाले र माओवादी केन्द्र ब्युँतिन अघि नेकपा विभाजनका बेला सुदूरपश्चिम कमिटीको बैँक खातामा रहेको ३० लाख रुपैयाँ झिकेर हिनामिना गरेको आरोप लागेका थियो।
नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्णवहादुर थापाले रावलले सो रकम दुरुपयोगन गरेकाले उनीमाथि कारवाही हुनुपर्ने माग गर्दै आएका थिए।
तर रावलले भने पार्टीको सम्पत्ती दुरुपयोग गरेको आरोप गलत भएको बताउँदै आएका छन्।