धनगढी, ९ चैत/ कैलालीको धनगढीमा सुविधायूक्त चियाँ कफी घर सोमबारदेखि सञ्चालनमा आएको छ । कर्मचारी ट्रेड युनियनका अध्यक्ष तथा वनस्पति कार्यालय धनगढीमा कार्यतरत खेमराज जोशीले धनगढीमै पहिलो पटक मट्काको चिया तथा कफि घर सञ्चालनमा ल्याएका छन् ।
ग्रहकलाई ताजा र स्वच्छ, स्वादिलो चिया, कफि प्रदान गर्ने उद्देश्यले चिया, कफि घर सञ्चालनमा ल्याइएको सञ्चालक जोशीले बताए । १० लाखको लागतमा चिया कफि घर सञ्चालन गरिएको उनले बताए ।चिया कफि घरमा माटोबाट निर्माण गरिएको गिलासमा चिया प्रदान गरिने छ ।
जुन एक पटक प्रयोग पश्चात नष्ट गरिने उनले बताए । उनका अनुसार कैलालीको कैलारी गाउँपालिका स्थित माटोको भाँडा निर्माण गर्ने उद्योग संग समझौता गरी माटोको गिलास निर्माण गर्ने गरिएको छ । सो मटका चियाको मूल्य स्थानीय बजार अनुसारनै राखिएको सञ्चालक जोशीले बताए ।
सोमबार कफि घर पुगेकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले स्थानीय उत्पादननै प्रयोग गरेर कफि घर सञ्चालनमा ल्याउँदा स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने बताइन । उनले भनिन–‘यसले उत्पादकलाई पनि प्रोत्साहन दिन्छ । यसरी प्रचार हुदा मटकाको माग पनि बढ्छ । साथै वातावरणीय आधारमा पनि यो उपयूक्त रहेको छ ।’