धनगढी, ९ चैत/हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथन २०२१को तयारी सुरु भएको छ । गत बर्ष कोभिड १९का कारण यो प्रतियोगिता हुन सकेको थिएन ।
यस बर्ष धनगढी जेसिजले कार्यकारणी उपाध्यक्ष मोहन ओझाको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरी तयारी सुरु गरी सकेको छ । हाप म्याराथुन धनगढी दौडन्छ चैत २८ गते आयोजना हुने मिति तय भएको धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले जानकारी दिए ।
म्याराथुनको खुला दौडका लागि प्रथमका लागि नगद ५५ हजार पाँच सय ५५, द्वितियका लागि ३३ हजार तिन सय ३३ र तृतियका लागि २२ हजार दुई सय २२ नगद रकम तय गरेको छ । कर्पोरेट मिडिया तर्फको दौडका लागि प्रथमका लागि पाँच हजार पाँच सय ५५, द्वितियका लागि तिन हजार तिन सय ३३ र तृतियका लागि दुई हजार दुई सय २२ नगद धनराशी पुरष्कार तय गरेको छ ।
कर्पोरेट महिला तर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियका लागि पाँच हजार धनराशीको पुरष्कार तय गरेको हाप म्याराथुनका मुल आयोजक समितिका संयोजक मोहनराज ओझाले जानकारी दिए । हाप म्याराथुनको यस बर्ष पुरष्कारको धनराशी पनि बढाएको आयोजकले जानकारी दिएको छ ।
धनगढी हाफ म्याराथन २०२१ को सातौं संस्करण आयोजना हुने भयकोले खेलप्रेमी धाबक, ब्यापारी, संघ संस्था लगायत सम्पुर्ण जनसमुदाय लाई सहभागीता जनाई कार्यक्रम सफल बनाईदिन समेत धनगढी जेसीजले सबैलाई अनुरोध गरेको छ ।