• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दिनेशका बाबुले भने- परिवारको सुरक्षा भए दोषीको नामै भनिदिन्छु

धनगढी : बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टले अभियोग अस्वीकार गरेका छन्। जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृहमा रहेका दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र घटना देखेको परिवारसँग भनेका छन्।

सुधारगृहमा भेट्न गएका बुवा दीपकराज भट्टसँग दिनेश आफूले अपराध नगरेको बताएका हुन्। ‘यसअघि फोनमा पनि मैले अपराध गरेको होइन भनेको थियो। भेटमा पनि घटना भइरहेको आफूले देखेको र कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदने धम्की दिएपछि कसैलाई नभनेको सुनायो’ दीपकराजले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा भने,‘घटनामा संलग्न एक सोही गाउँपालिकामा कार्यरत कर्मचारी रहेको र अर्का एकजनालाई आफूले नचिनेको दिनेशले बतायो।’

घटनापछि दीपकराज सपरिवार घर छोडेर महेन्द्रनगर सरेका छन्। बुवा र भाइलाई मार्ने धम्की दिएपछि डरले आफूले घटनाबारे कसैलाई नभनेको दिनेशले बताएका छन्। अहिले सपरिवार महेन्द्रनगर सरेपछि मात्र भनेको उनका बुवा दीपकराजले सुनाए। दीपकराजले भने,‘दुईजना थिए भन्छ, एकजनालाई मात्रै चिनेको छु भनेको छ।

चिनेका ती व्यक्ति वडा कार्यालयका कर्मचारी। अर्को मान्छेलाई चिन्न सकेन, चिन्न नसकेको दाह्री पालेको थियो। मास्क लगाको थियो’ दिनेशलाई उदृत गर्दै उनले भने,‘चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौं,घरपरिवार पनि मार्छौं भनेर दिनेशलाई भनेका रहेछन्। उनीहरू मोटरसाइकलमा खोचलेकतिर फर्किएका रहेछन्।’ दिनेशले कर्मचारीको नामै किटान गरेर भनेकोले आफूहरू पनि असुरक्षित भएको उनले बताए।

‘अब नाम किटान गरेको मान्छेले हामीमाथि केही गर्छ भन्ने डर लागेको छ। म र मेरो परिवारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ। हामी असुरक्षित भयौं’ दीपकराजले भने। दिनेशलाई प्रहरीले फागुन ५ गते सार्वजनिक गरेको थियो।

सार्वजनिक गरेपश्चात बुवा दिपकराज समेत राखेर सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले आफूले नै बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए। यसका साथै दिनेशले भनेकै आधारमा भागरथीको घडी पनि प्रहरीले घटनास्थलबाटै बरामद गरेको थियो।

घटनामा संलग्नहरूले भागरथीको मोबाइल जबरजस्ती आफ्नो हातमा दिएका र त्यसपछि आफूले सिम निकालेर मोबाइल फालेको दिनेशले बताएको दीपकराजले सुनाए। उनले घडी पनि हामीले यो ठाउँमा फालेका छौं भनेर दिनेशलाई बताएको उनले सुनाए। दिनेशले नाम किटान गरेका मान्छेमाथि अनुसन्धान हुनुपर्ने उनले बताए।

आफ्नो छोरा निर्दोष रहेको र नाम किटान गरेका व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। भागरथीका काका शिवराज भट्टले पनि किटान गरेको मान्छेमाथि छानबिन हुनुपर्ने बताएका छन्। उनले भने,‘दिनेशले उसका बुवासँग गरेको कुराको आधारमा त्यो मान्छेमाथि अनुसन्धानमा तानिनुपर्छ तर निर्दोष फस्नुहुँदैन। दोषीलाई कानुनी कारबाही गर्नुपर्छ।’

प्रहरीले भने विभिन्न तथ्य,प्रमाण र बयानका आधारमा दिनेशलाई सार्वजनिक गरिएको जनाएको थियो। अनुसन्धानका क्रममा दिनेशले आफू एक्लै उक्त घटनामा संलग्न रहेको स्वीकारेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

‘सबै प्रमाणहरू जुटाउन हामीले चार पटकसम्म अदालतबाट म्याद थपेका थियौं’ उनले भने,‘उ बेलाको अनुसन्धान, तथ्य प्रमाणले घटनामा दिनेश एक्लै रहेको देखाउँछ।’ अनुसन्धानका बेलाको सबै प्रमाणहरू हामीसँग सुरक्षित छन्, अदालत गइसकेको छ’ उनले भने,‘हाम्रो अनुसन्धान सकिसकेको छ। यो कुरामा हामीले धेरै बोल्न मिल्दैन्।’

भागरथी र दिनेश दिदीभाइ हुन्। दिनेश कक्षा ११ र भागरथी कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत रहेका थिए। गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफेर्केपछि माघ २२ गते साँझ स्थानीय लबलेक जंगलमा निर्वस्त्र र वीभत्स अवस्थामा मृत फेला परेकी थिइन्।

आइतबार, चैत ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.