काठमाडौं : नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ ।
भीम रावलसहित सुरेन्द्र पाण्डे घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो ।
