धनगढी : सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करपछि घाइते भएकी महिलालाई जिउँदै पुर्ने चालक पक्राउ परेका छन् ।
स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको हो । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो ।
यो घट्ना धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सीको हो । त्याहाको जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।
ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।