धनगढी : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएपछि सरकारको नैतिक उत्तरदायित्वको प्रश्न उठाएको छ ।
शुक्रबार कांग्रेसका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेत बालकृष्ण खाणले घुमाउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर नयाँ सरकार गठन गर्न दिनुपर्ने बताएका हुन् ।
‘संविधानमा हुँदै नभएको व्यवस्थाअनुसार प्रतिनिधि सभा विघटन गरेर यति ठूलो असंवैधानिक कदम चालिसकेपछि, सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरिसकेपछि सरकारले नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन रु मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन रु’ खाणले भने ।
खाणले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि मिलेर अगाडि बढाउनु पर्नेमा सरकारले विधेयक नल्याएकोसमेत आरोप लगाए ।