काठमाडौं : इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। म्यानचेस्टरले पउल पोग्बाको निर्णायक गोलमा एसी मिलानलाई १–० ले हरायो।
यससँगै म्यानचेस्टरले दुई लेगको खेलमा २–१ को अग्रताका साथ अन्तिम आठमा प्रवेश गरेको हो। आर्सनलओलम्पियाकोजसँग १–० ले पराजित भएर पनि अन्तिम आठ पुग्न सफल रह्यो।
आर्सनल समग्रमा ३–२ ले अगाडि रह्यो। अर्को प्रिमियर लिग क्लब टोटनहम भने डायनामो जागरेभसँग ३–० ले पराजित भएर प्रतियोगिताबाट बाहिरियो।
पहिलो लेगमा २–० ले पराजित भएर पनि जागरेभ ३–२ ले अगाडि रह्यो। स्लाभिया प्राग, ग्रेनेडा, एएस रोमा, भिल्लारियल र आयाक्सले पनि क्वार्टरफाइनल यात्रा निश्चित गरेका छन्।