धनगढी : कञ्चनपुरमा कुखुरा तस्करसंग प्रहरीको मिलेमतो स्पष्ट देखिएको छ। जिल्लाको पुनर्वास स्थित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका कञ्चनपुर प्रहरी निरीक्षक कैलाश सिंंह बिष्टले आइतबार मोटरसाइकल सहित कुखुरा बरामद गरेका थिए। तर बरामद गरिएका कुखुरा नष्ट गरी मोटरसाइकल छाडेका छन्।
उनले मोटरसाइकल व्यवहारिक रुपमा छाडेको बताएका छन्। प्रहरीले कुखुरा तस्करको मोटरसाइकल छाड्नुमा तस्करसंगको स्पष्ट मिलोमतो देखिएको छ। बरामद गरिएको मोटरसाइकल आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडी बढाउनुको सट्टा छाडेकाले प्रहरी निरीक्षक बिष्टको भुमिका शंकास्पद देखिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले मोटरसाइकल छोडेको बिषयमा आफुलाई जानकारी नभएको बताएका छन्।
यसवारे आफुले थप बुझ्ने बताएका हुन्। आफुलाई स–साना कुराहरुको बारेमा जानकारी नहुने बताउँदै उनले थप त्यहीको प्रहरी निरीक्षकसंग बुझ्न भनेका छन्। यसवारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बुझीरहेको बताएका छन्।