• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोभिड रोकथाम तथा व्यवस्थापनमा करोडौं खर्च

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम, व्यवस्थापन, राहत लगायत शीर्षकमा करोडौं रुपैयाँ खर्च गरेको पाइएको छ । प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रदेशका ८८ ओटै स्थानीय तहलाई आइसोलेसन व्यवस्थापनका लागि मात्रै ६ करोड २५ हजार खर्च गरेको छ ।यसैगरी तीन महीना लामो बन्दाबन्दी र त्यसबाट उत्पन्न कठिन परिस्थितिमा प्रदेश भित्रका श्रमिक वर्ग तथा असहायका लागि राहत उपलब्ध गराउन स्थानीय तहहरूलाई थप १५ करोड २६ लाख रुपैयाँ उपलब्ध गराइएको प्रदेश सरकारको तथ्यांक छ ।

प्रदेश सरकारले कोभिड–१९ को संक्रमण रोकथाम, जोखिम न्यूनीकरण, क्वारेन्टाइन तथा अन्य आपत्कालीन व्यवस्थापनका लागि भन्दै धनगढी उपमहानगरपालिकालाई ५ लाख, ३३ ओटा नगरपालिकालाई ४र४ लाखका दरले १ करोड ३२ लाख र ५४ गाउँपालिकालाई ३र३ लाखका दरले १ करोड ६२ लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध गराइएको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

कोभिड–१९ रोकथाम, राहत वितरण, आइसोलेसन लगायतका लागि गोदावरी नगरपालिका अत्तरिया, कैलालीले मात्र ३ करोड रुपैयाँ खर्च गरेको बताएको छ । यस्तै कृष्णपुर नगरपालिका गुलरिया कञ्चनपुरले सोही प्रयोजनमा करीब ३ करोड खर्च भएको बताएको छ ।प्रदेश सरकार र स्थानीय तहहरूले कोभिड नियन्त्रणमा करोडौं रुपैयाँ खर्च गरेको पाइए पनि श्रमिक तथा आर्थिक रूपमा विपन्न परिवारले राहतको अनुभूति गर्न नपाएको भन्दै संघ, प्रदेश र स्थानीय सरकारको आलोचना गर्दै आएका छन् ।

प्रदेश सरकारले कोभिड–१९ को उपचार÷व्यवस्थापनका लागि भन्दै सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगर अन्तर्गत रहनेगरी ५०र५० शप्याको कोरोना विशेष उपचार अस्पताल स्थापना, सेती प्रादेशिक अस्पताल अन्तर्गत कोभिड–१९ विशेष प्रयोगशाला स्थापना तथा ५० शय्या क्षमताको आधुनिक प्रिफ्याब भवन निर्माण, सेती, बैतडी र डोटी अस्पतालमा पीसीआर परीक्षण प्रयोगशालाका लागि आवश्यक उपकरण वितरण तथा २० ओटा भेन्टिलेटरसहित आईसीयूका उपकरण खरीद गरी विभिन्न अस्पताललाई वितरण गरिसकिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले बताए ।

बिरेन्द्र भट्ट, आर्थिक अभियनबाट

मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.