काठमाडौं/ राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पञ्जाब एफसी आई लिगमा सोमबार पराजित भएको छ । आई लिगको शीर्ष टोली टिडिम रोड एथलेटिक युनियन एफसीसँग किरणको टोली १–० ले पराजित भएको हो ।
१३ खेलको समाप्तीमा पुग्दा पञ्जाब अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पछिल्ला ३ खेलमा पञ्जाब जित विहिन रहँदै आएको छ । लगातार ३ खेल जितेको टिडिम १३ खेलमै २५ अंकका साथ शीर्षस्थानमा रहेको छ । त्यत्तिनै अंकमा चर्चिल ब्रदर्श अंक तालिको दोस्रो स्थानमा छ । पञ्जाबले १३ खेलमा ५ जि ४ बराबरी र त्यत्तिनै खेलमा हार बेहोरेको छ ।
सोमबारको खेलमा पञ्जाबले १० खेलाडीमा सिमित हुँदै खेलेको अन्त्य गरेको थियो । ८० औं मिनेटमा मोहम्मद इर्सादले रातो कार्ड पाउँदै मैदान छाडेपछि पञ्जाब १० खेलाडीमा सिमित भएको थियो । कोमरोन टुर्सोनोभले ८१ औं मिनेटमा गरेको गोल नै टिडिमका लागि जितका लागि पर्याप्त बनेको थियो ।
