धनगढी, चैत ३/ नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ। कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो।
कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ। विभागले प्रदेश १ मा गोकर्ण बानियाँ, प्रदेश २ मा रघुसिं थारू, बागमतीमा दीपेन्द्र सिजापति, गण्डकीमा चिनु रानाभाट, लुम्बिनीमा राधेश्याम पाठक, कर्णालीमा डा। महेन्द्रकुमार मल्ल र सुदूरपश्चिममा सुरेशराज जोशीलाई संयोजक तोकेको छ।
तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।रासस