धनगढी, २ चैत/ धनगढी उप–महानगरपालिका वडा नं ३ को वडा कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको शिलान्यास गरेका हुन । निर्माण भइरहेको वडा कार्यालय भवन एक वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको छ ।
नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरू मध्य अधिकांश वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए ।
वडा कार्यालय व्यवस्थित नभए सम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौँ ।’ वडा कार्यालय निर्माणलाई उप–महानगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख वडले बताए ।
कार्यालय नै व्यवस्थित भएन भने त्यहाँबाट सम्पादन हुने काम प्रभावकारी हुन सक्दैन उनले भने, ‘त्यसैले पनि हामीले वडा कार्यालयका आफ्नै भवनहरू निर्माण गर्न सुरु गरेका हौँ ।’
धनगढी उप–महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बलबहादुर ऐरले वडा कार्यालयको निर्माण कार्य कस्तो भइरहेको छ त्यसको निगरानी गर्न स्थानीय सँग अनुरोध गरे ।
उनले भने, ‘यो वडावासीको सम्पत्ति हो निर्माण कार्य राम्रो सँग सम्पन्न हुनुपर्छ ।’ उनले वडा कार्यालय समयमै सम्पन्न हुने बताए ।