धनगढी, १ चैत/ कैलालीमा १०१ बर्षीय बृद्धले कोरोना बिरुद्धको खोप लगाएका छन् । कैलालीे टिकापुरका शेर बहादुर रावलले टिकापुर अस्पतालमा खोप लगाएका हुन् ।
उमेरले १०१ बर्ष पुगेका रावलले टिकापुर अस्पतालमा खोप लगाएको र अहिले अवस्था सामान्य रहेको उनका छोरा रण बहादुर रावलले बताए ।
उनले भने, “कोभिडबिरुद्धको खोप लगाउदा उत्साह थपिएको छ । कोरोनाको त्रासका बिच सरकारले प्रदान गरेको खोप सकरात्मक छ । कोभिड खोपले जनस्तरमा समेत उत्साह थपिएको रावलको भनाई छ ।”