धनगढी, १ चैत/ नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले नेपाली काँग्रेस नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार गठन हुने दाबी गरेका छन् ।
आईतबार धनगढीमा नेपाली काँग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेलामा सहमहामन्त्री महतले काँग्रेसको नेतृत्वमा सर्बपक्षीय चुनावी सरकारको बाताबरण भए मात्रै काँग्रेस सरकारमा जाने बिकल्प प्रस्तुत गरेका हुन् । काँग्रेस नीति र बिधानको पक्षधर पार्टी भएको संबिधानको कानुन अनुसरा मात्रै चल्ने बताए ।
‘हामीले कहिल्यै संसद पुनस्थापनाको माग गरेनौ’ नेता महतले भने–‘सर्बोच्च अदालतमा गएको बिषयमा पार्टी कहिले बसहको बिषय बनाएनौ ।’ बरु केपी ओलीको कदमको बिरोध गर्दै जनता माझ गएको बताए । उनले भने–‘हामी कुनै समुहको पक्ष भएनौ ।’
अर्को प्रशंगमा उनले अब नेपाली काँग्रेस महाअधिबेनमा गैसकेकोले अब कुनै हातमा नरोकिने दाबी गरे । भेलालाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई वडा, नगर, गाउ र क्षेत्रमा सबै महाअधिबेशन सफल पार्ने अभियानमा एक जुटहुन आग्रह गरे ।