धनगढी, १ चैत
धनगढी उपमहानगरपालिकाको आयोजना १५ मार्च अर्थात चैत २ गते धनगढीमा विश्व उपभोक्ता अधिकार दिवस मनाईने भएको छ ।
उपमहानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कैलाली र उपभोक्ता हक हिक संरक्षण मञ्च कैलालीको सहकार्य रहने धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन । कार्यक्रम दिउसो १ बजे उप–महानगरपालिकाको सभाहलका आयोजना गरिने छ उप–प्रमुख भट्टले भनिन्, त्यसका सरोकारवालाहरु सहभागि हुने छन् ।
उप–प्रमुख भट्टले उपभोक्ताहरु आफ्नो अधिकारका बिषयमा सचेत नभए सम्म उनिहरुको स्वास्थ्य माथी गरिने खेलवाड नरोकिने बताईन ।