धनगढी २७ फागुन/नेपाल तेक्वान्दो संघ धनगढी उप–महानगरपालिका तेक्वान्दो विकास समितिको अध्यक्षमा विनय चोखाल चयन भएका छन् । धनगढीमा भएको भेलाले चोखाललाई अध्यक्षमा चयन गरेको हो ।
चोखालको अध्यक्षतामा चयन गरिएको १० सदस्यीय टोलीको बरिष्ठ उपाध्यक्षमा धनवहादुर चौधरी, उपाध्यक्षमा अस्कुर अहमद, सचिवमा योगेन्द्र खोकौला र कोषाध्यक्षमा सुजिता यादव छनोट भएका छन् ।
