• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ प्रदर्शनकारीको मृत्यु

काठमाडौं २७ फागुन, । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो ।

बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो । ‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थियौं’ प्रदर्शनमा सहभागी ३१ वर्षीय एक व्यक्तिले भने । उनले सुरक्षाकर्मीले गोली चलाउला भन्ने नसोचेको उल्लेख गरे ।

यसअघि एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा ६० जनाभन्दा धेरैको मृत्यु भइसकेको र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको बताएको थियो ।एम्नेस्टी इन्टरनेशनलले पनि बिहीबार म्यानमारको सेनाले आवश्यकता नभई प्रदर्शनकारीमाथि ज्यान लिने गरी बल प्रयोग भएको बताएको थियो । साथै आन्दोलनमा अधिकार अवैधरुपमा गोली चलाई प्रदर्शनकारीहरुको हत्या भएको एम्नेस्टी इन्टरनेशनलको हठर छ ।

यस विषयमा म्यानमारको सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन । फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । त्यसको विरोधमा अहिले निरन्तर म्यानमारमा प्रदर्शन भइरहेको छ । म्यानमारको सेनालाई आफ्नो कदम सच्याउन अन्तर्राष्ट्रिय समुदायले आग्रह गर्दै आएका छन् । तर, म्यानमारको सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।मंगलबार म्यानमारबाट भागेर भारत पुगेका तीन प्रहरीले म्यानमारको सेनाले आफूलाई प्रदर्शनकारीहरुलाई मार्ने आदेश दिएको बताएका थिए ।

-एजेन्सीहरुको सहयोगमा

बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.