• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीका भूमिहीन बादी समुदायका लागि घर निर्माण गरिँदै

धनगढी, २६ फागुन/वर्षौँदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न सुरु गरेको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सरकारी जमीनमा बस्दै आएका बादी समुदायका भूमिहीन सात परिवारका लागि अब घर बन्ने भएको छ । नगरपालिकाले कार्यविधि बनाएर ती परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि दुईरदुईकोठे घरको शिलान्यास गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

भूमिहीन बादी समुदायका ती परिवारलाई दुईकोठे घर निर्माण गर्न ४१ लाख ४९ हजार ९८।७६ मा ठेक्का सम्झौता भएको छ । उनका अनुसार घर निर्माणका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५र७६ को १२ लाख रकमबाट तीन घरपरिवारलाई र आव २०७६र७७ को १२ लाख रकमबाट चार घरपरिवारलाई गरी जम्मा सात घरपरिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले विसं २०७६ वैशाख ५ गते पुस्कर बादी, गणेशबहादुर बादी र श्याम दासलाई उक्त जग्गाधनी पुर्जा प्रदान गरेको थियो भने माया बादी, भक्तबहादुर दास, तेजबहादुर दास, दिलबहादुर बादीलाई आज जग्गाधनी पुर्जा प्रदान गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिए । उनका अनुसार उक्त जग्गा बिक्री वितरण भने गर्न नपाइने गरी जग्गाधनी पुर्जा प्रदान गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो । चालू आवको असार मसान्तभित्र सातवटै घर निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको गत माघ १० गते सम्झौता भई निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरका प्रतिनिधि सुचित्र शाहले बताए ।

दुईकोठे सात घर निर्माणका लागि ४१ लाख ४९ हजार ९८।७६ मा ठेक्का सम्झौता भएको छ । निर्माण कार्यको ह्याबिटेट नामक संस्थाले प्राविधिक सहयोग गर्ने भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश विष्टले जानकारी दिए।

यहाँका बादी समुदायका बालबालिका पढ्नबाट वञ्चित भएका कारण ती बादी समुदायको घर निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कुराको पनि व्यवस्था हुनसके राम्रो हुने डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

उनले भने, “आफ्नो घर र जमीन नभएका कारण बादी समुदायका बालबालिका पढाइबाट समेत वञ्चित रहेछन्, घरसँगै अब उनीहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था हुनु जरुरी भएको छ ।” लामो समयदेखि नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा बसोवास गर्दै आएका बादी समुदायले घर र जमीन पाएपछि निकै खुशी छन् ।

आफूलगायत सात घरपरिवारका लागि लालपुर्जासहितका घर निर्माण हुन थालेपछि निकै हर्षित भएको स्थानीयवासी माया बादीले बताइन् । भूमिहीन यहाँका बादी समुदाय लामो समयदेखि समूहगाड, तिखा, राजपुर, सुनगडा, सेती प्राविधिकको मूलगेट, कालागाढलगायतका जिल्लाका विभिन्न क्षेत्रमा टहरा बनाएर बस्दै आएका थिए । रासस

बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.