धनगढी, २५ फागुन/धनगढीको एक होटेलबाट चार जना पक्राउ परेका छन् । धनगढी बसपार्कमा रहेको होटेलबाट तीन युवक र एक युवती गरी चार जनालाई पक्राउ परिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने‘,विशेष सूचनाका आधारमा चार जनालाई नियन्त्रण लिएर सोधपुछ गरिरहेका छौ थप कुरा अनुसन्धान पछि मात्रै भन्न सक्छौँ।’
