• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सर्वोच्चको फैसलाले प्रदेशमा फेरिएको समिकरण

धनगढी, २५ फागुन/केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहका विभाजित बनेको नेकपालाई सर्वोच्च अदालतले खारेज गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्चको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै राजनीतिक दलका रुपमा अस्थित्वमा आएका छन्।

सर्वोच्चको यो निर्णयसँगै संघदेखि प्रदेशसम्मको समिकरण फेरिएको छ। यसअघि बागमती प्रदेश र एक नम्बर प्रदेश सरकार विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावसमेत प्रभावित बनेको छ।

तत्कालीन एमाले दुई समूहमा विभाजित हुँदा प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराउँदा बागमती प्रदेश र एक नम्बर प्रदेश सरकार धरापमा परेको थियो। तर आइतबार सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि यी दुवै प्रदेशका मुख्यमन्त्री सुरक्षित भएका छन्। दुवै प्रदेशमा एमालेको एकल बहुमत छ।

९३ सदस्यीय एक नम्बर प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ। प्रदेश एकमा एमाले एक्लैको ५१ जना सांसद छन्। यस्तो अवस्थामा यहाँ एमाले एक्लैको सरकार बन्छ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै धरापमा परेका मुख्यमन्त्री राई सर्वोच्चले नेकपा खारेज गरेसँगै एकाएक शक्तिशाली भएका छन्। प्रदेश एकमा नेपाली कांग्रेसका २१ सदस्य छन् भने माओवादी केन्द्रमा १४ सदस्य छन्। प्रदेश एकमा जसपाका ३, राप्रपाका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र स्वतन्त्र एक सदस्य छन्।

यसैगरी यसअघि धरापमा परेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि सुरक्षित देखिएका छन्। १०९ सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५५ सदस्य आवश्यक पर्छ। बागमतीमा एमाले एक्लैको ५८ सदस्य छन्।

यस्तो अवस्थामा यहाँ एमाले एक्लै सरकार बनाउन सक्छ। अहिले यहाँ एमाले नेतृत्वकै सरकार छ। बागमती प्रदेशमा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २१, विवेकशील साझाको ३, नेमकिपाको २ र राप्रपाको दुई सदस्य छन्।

एमाले नेतृत्व मै सरकार रहेको ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य आवश्यक पर्छ। जसमा सरकारको नेतृत्व गरिरकेको एमालेसँग २८ सदस्य छन्। एमालेलाई बहुमतका लागि ४ सदस्य चाहिन्छ। यहाँ कांग्रेसको १५, माओवादी केन्द्रको १२, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको दुई सदस्य छन्। यहाँ एमालेकै सरकारलाई निरन्तरता दिन चार सदस्य आवश्यक पर्छ।

यसैगरी ८७ सदस्यीय लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सदस्य आवश्यक पर्छ। यो प्रदेशमा पनि एमाले नेतृत्वमै सरकार छ। अहिले एमालेसँग ४१ सदस्य छन्। सरकारलाई बहुमतका लागि तीन सदस्य आवश्यक पर्छ। यो प्रदेशमा माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्।

अहिले सबैभन्दा संकटमा माओवादी केन्द्रको नेतृत्वमा रहेका कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकार छन्। ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ। यहाँ सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग १३ सदस्य छन्। यहाँ एमाले झण्डै बहुमत नजिक छ। एमालेको २०, नेपाली कांग्रेस ६, र राप्रपाको १ सदस्य छन्।

यस्तै ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सदस्य आवश्यक पर्छ। यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। यहाँ माओवादीसँग १४ सदस्य छन्। एमालेसँग २५, कांग्रेसका १२ र जसपाका दुई सदस्य छन्।

१०७ सदस्यीय दुई नम्बर प्रदेशमा सरकार गठनका लागि ५४ सदस्य आवश्यक पर्छ। यहाँ जसपा एक्लैको बमुहमतको सरकार छ। दुई नम्बर प्रदेशमा जसपाको ५४, एमाले २१, कांग्रेस १९, माओवादी ११ नेपाल संघीय समाजवादी पार्टीको १ र स्वतन्त्रको एक सदस्य छन्।

मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.