धनगढी, २४ फागुन/ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सहभागि रहेको कार्यक्रममा बक्ताहरुले महिलाहरुले आट र साहस गरे जुनसुकै क्षेत्रमा पनि अबसर पाउने कुरा वताए ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पौरखी महिला समूह गौरीगंगा नगरपालिका मसुरिया साझाबजारको आयोजनामा गरिएको अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका वडा न ९ का अध्यक्ष हरि प्रसाद तिवारीले सो कुरा वताएका हुन ।
कार्यक्रममा वडा ९ की महिला वडा सदस्य गोमा भण्डारीले महिलाहरु राज्यबाट हेपिएकाले पराकिलो दृष्टिले हेर्नुपर्ने वताइन् । ब्रम कुमारी विश्वविद्यालयकी संचालिका सरस्वती तिमिल्सेनाले महिला भगती र सरस्वतीको शक्तिको रुपमा महान रहेकी वताइन् । कार्यक्रममा सुनिता देवकोटाले समाज र घरपरिवारबाट महिलाहरु विभेद रहेकाले आफै निर्णय लिन पाउनुपर्ने वताइन् ।
नेपाल रेडक्रस सोसाइटी गौरीगंगा नगरपालिका तदर्थ समिति सदस्य भोज बहादुर मन्नीले हरेक क्षेत्रमा महिलाहरु पनि लैंगिक समानता,सशक्तीकरण र समाबेसी रुपमा सबैलाई समान रुपले सहभागिता गराउनु पर्ने कुरा वताए । कार्यक्रममा इन्दिरा भट्टराई,पार्वती सापकोटा,पवित्रा साउद,कमला देवकोटा र मिना जोशीले महिलाका समस्याका बारेमा धारणा राखेका थिए ।
दिवसमा महिलाको सुरक्षा,सम्मान र रोजगारस् समृद्ध नेपालको आधार ूमुल नाराका साथ प्ले कार्ड र व्यानर सहित बजारमा रयाली निकालिएको थियो । कार्यक्रम पौरखी महिला समूहकी अध्यक्ष निलम देवकोटाको सभापतित्वमा सम्पन्न भएको हो ।