धनगढी २४ फागुन/१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले शुभकामना ब्यक्त गरेका छन् ।
‘नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईछ नगरप्रमुख र उप–प्रमुखद्धारा ब्यक्त सन्देशमा भनिएको छ , ‘यस दिवसले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण मार्फत समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं ।’ ‘समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूको स्मरण गर्न चाहन्छौं ।’ शुभकामना सन्देशमा भनिएको छ ।
‘विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन्, नगरप्रमुख र उप–प्रमुखद्धारा ब्यक्त सन्देशमा भनिएको छ । यस्ता विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्नका लागि सबैलाई एकजुट हुन अनुरोध गर्दछौं ।’
