ललितपुर । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले फराकिलो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा आईतबार भएको खेलमा खेलमा बाँसबारीले झम्सीखेल क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै फराकिलो जित सुनिश्चत गरेको हो ।
बाँसबारीको जितमा निशान सुनारले दुई गोल गर्दा भुवन खवास र अजय राजवंशीले एक एक गोल गरे ।निशानले खेलको २७ र ६८ औं मिनटमा गोल गार्दा भुवनले ३८ र अजयले ६० औं मिनटमा गोल गरे ।खेलको म्यान अफ दि म्याच बाँसबारीका निशान सुनार बने ।
जितसँगै तेस्रो स्थानको बाँसबारीले १० खेलबाट २१ अङ्क जोडेको छ ।यस्तै समान खेलमा ६ अङ्कसहित झम्सीखेल ११ औं स्थानमा रहेको छ ।जारी लिगको उपाधि भने दुई खेल अगावै सातदोबाटो युथ क्लबले जितीसकेको छ ।उपाधि जितेसँगै सातदोबाटो बी डिभीजन लिग क्लबबाट ए डिभिजन लिग क्लबमा समेत बढुवा भई सेकोको छ । यस्तै लिग तालिकाको पुछारमा रहने टिम सी डिभिजन लिग क्लबमा घटुवा हुने छ ।
