एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी(ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले २(१ ले सिरिज आफ्नो बनाएको हो ।श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।वेस्ट इन्डिजको जितमा लेन्डल सिमोन्सले सर्वाधिक २६ रन जोडे ।
यस्तै निकोलस पुरणले २३ रन बनाए । इभिन लेविसले २१ रन जोड्दा फाबियन एलनले अविजित रहदै २१ रन बनाए ।क्रिस गेल १३ रनमा आउट हुँदा कप्तान काइरन पोलार्ड सुन्य रनमा पेभेलियन फर्किए । जासन होल्डर १४ रनमा अविजित रहे ।श्रीलंकाका लक्शान शन्दकानले ३ विकेट लिए । दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २र२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।श्रीलंकाका लागि दिनेश चण्डीमालले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा ३ चौका प्रहार गरे ।यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए ।वेस्ट इन्डिजका फाबियने एलन,केभिन,ओबेड म्याकक्वे र जासन होल्डरले एक एक विकेट लिए ।सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा श्रीलंकाले ४३ रनको जित निकालेको थियो ।
