धनगढी २३ फागुन/कैलालीमा एक किशोर ४ दिन देखि बेपत्ता भएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका ६ बागमाराका १६ वर्षीय प्रकाश ओली बिहीबार देखि बेपत्ता भएका हुन् ।
विद्यालय जाने भन्दै घरबाट निस्किएका उनी त्यही दिनबाट बेपत्ता भएको उनका परिवारका सदस्यहरूले बताएका छन् ।
त्यो दिन विद्यालय नपुग्दै बेपत्ता भएको उनका अङ्कल गोविन्द ओलीले जानकारी दिए ।
किशोर लम्की चुहा नगरपालिका ८ गप्कामा रहेको सर्वोदय बिद्या मन्दिरमा ८ कक्षामा अध्ययनरत थिए ।