धनगढी २३ फागुन/ धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा सनराइज बैंक लिमिटेडको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ।
नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित हाटबजारमा सनराइज बैंक लिमिटेडले त्यहाँका व्यापारीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो।
सोमबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले व्यापारीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै मेयर वडले धनगढी उपमहानगरपालिकालाई डिजीटल बनाउने पहल अन्तरगत क्यूआर कोड सञ्चालन पहिलो कडी भएको बताए।
कार्यक्रममा सनराइज बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रबन्धक सुरेन्द्रबहादुर शाहीले व्यापारीहरूलाई बैंकले सदैव सहयोग गर्ने बताए।
यसअघि माछापुच्छ्रे बैंकले हाटबजारमा क्यूआर कोडको सुरुवात गरेको थियो।
