• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनुरको भीमदत्त–दोधारा चाँदनी जोड्ने पुल निर्माण ६५ प्रतिशत सम्पन्न

धनगढी, २० फागुन/ कञ्चनुरको भीमदत्त र दोधारा चाँदनीलाई जोड महाकाली नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । ३ अर्ब २९ करोड रुपैयाँ लगानीमा २०७५ सालदेखि निर्माण शुरू भएको चार लेनको उक्त पुलको भौतिक प्रगति ६५ प्रतिशतभन्दा बढी छ ।

भीमदत्त नगरपालिका–१२ र दोधारा चाँदनी नगरपालिका–१ लाई जोड्ने पुलबाट वारिपारि आउजाउ गर्ने मिल्ने अवस्था बनेको छ । निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनीयर किशोर पाण्डेयले पुलको महत्त्वपूर्ण निर्माण पूरा भएको बताए । चार लेनको पुलमा ३४ ओठा स्ल्याब रहेकोमा १५ ओटा निर्माण भइसकेको र बाँकीको ढलान शुरू भइसकेको जानकारी उनले दिए ।

चालू आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न हुने उनले बताए । उनका अनुसार पुलका पुलका ३४ ओटै पिलर बनिसकेका छन । पुलबाट दोधारा चाँदनीका स्थानीयले आवतजावत शुरू गरिसकेका छन् । इन्जिनीयर पाण्डेयका अनुसार उक्त पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म साढे ८ किलोमिटर पहुँच मार्ग कालोपत्रको काम समेत शुरू भएको छ । ८०० मिटरको लम्बाइ र २३ दशमलव ८ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माणाधीन छ । ‘गड्डाचौकी–भुजेला सडकको करीब ९८ प्रतिशत भरान कार्य सकिएको छ,’ इन्जिनियर पाण्डेयले भने, ‘दुई लेयरमा सडक कालोपत्र गर्नुपर्नेमा पहिलो चरणको कालोपत्रको काम शुरू भएको छ ।’

दोधारा चाँदनीलाई सडक सञ्जालसँग जोड्ने पुलको काम हालसम्म सन्तोषजनक रहे पनि ठूला ढुंगाको अभावले भने प्रभावित हुन सक्ने देखिएको छ । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको तटबन्ध बनाउन ठूला ढुंगाको अभाव भएको छ ।

नदीलाई पुलको लम्बाइभित्र बगाउन दुवैतर्फ झण्डै साढे ५ किलोमिटर लामो तटबन्ध बनाउनुपर्छ । त्यसैका लागि ठूलो परिमाणमा ढुंगा आवश्यक परेको छ । इन्जिनीयर पाण्डेयले तटबन्ध बनाउन १ लाख ४३ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताए । त्यसमध्ये करीब १ लाख घनमिटर ढुंगा २५७ किलोग्राम तौलको चाहिने उनको भनाइ छ । ‘महाकालीमा बाढी आउँदा ठूलो ढुंगा बगाउँदैन, त्यसका लागि चुरे क्षेत्र र खहरे खोलाको ढुंगा चाहिन्छ,’ उनले भने, ‘तर त्यहाँबाट ढुंगा ल्याउन अनुमति मिलेको छैन ।’

तटबन्ध बनाउन नसके वर्षात्मा नदी कटानले पुलमा असर पार्न सक्ने उनले बताए । ठेक्का सम्झौतामा उल्लेख भएको आयोजनास्थलको उत्तर पूर्वी क्षेत्र ब्रह्मदेव र वेदकोट नगरपालिका क्षेत्रका खोलानाला उत्खननका लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन ९आईई० समेत गरिएको छ । त्यहीअनुसार निर्माण कम्पनीले केही दिनअघि खन्याखोलाबाट ठूला ढुंगा उठाउन थालेको थियो । तर स्थानीयले विरोध गरेपछि काम बन्द छ । महाकाली पुल आयोजनाका सूचना अधिकारी वीरेन्द्र चन्दले आयोजनालाई ठूला ढुंगा उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारसँग समन्वयका लागि पत्राचार भइसकेको बताए ।

उक्त पुलको निर्माणपछि दोधारा चाँदनीका बासिन्दा भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन् । यस्तै कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि पुल महत्त्वपूर्ण माध्यम हुनेछ ।

बिहिबार, फागुन २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.