टेकसिँह धामी, धनगढी, १९ फागुन/ जिआईजेड र प्रयास नेपालले गोदावरी तथा धनगढी नगरपालिकाका बिधालयमा खानेपानि तथा सरसफाइ अन्तर्गतको सहजकर्ताको रूपमा काम गरिरहेको जनाएको छ । जिआईजेड र प्रयास नेपालले खानेपानी तथा सरसफाइ गरि बिध्यालयलाइ स्वस्थ्य र सफा बनाउन पहल गरिरहेको हो ।
शैक्षिक सँस्थाहरुमा खानेपानिको धेरै समस्या रहेको छ। उक्त दुई सँस्थाले समस्या समाधानमा सहयोग गरिरहेको बिधालयहरुको भनाई छ ।
बिध्यालय खानेपानि तथा सरसफाइ योजना तयार गरि सबै विद्यालयहरूमा खानेपानी र सरसफाइको पहुच पुगाई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार गर्ने कार्यक्रमका सँयोजक राम बहादुर बानियाले बताए।
सरोकारवाला निकायहरु सँग कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा एकरुपता कायम गर्न तथा समन्वय सहकार्य गरिरहेको उनले बताए । विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाई उपलव्धी तथा शैक्षिक गुणस्तरमा सुधार गर्न आवाश्यक भएकाले यो कार्यविधि तयार गरिएको बानियाको भनाइ छ ।
यस कार्यक्रमले विद्यालयहरुमा खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्धी योजना तर्जुमा तथा समन्वय अनुगमन समिक्षा तथा व्यावस्थापन का क्षेत्रहरुमा काम गर्ने गरेको प्रयास नेपालका सामाजिक परिचालक सरोज पाण्डेले बताए ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ को दोस्रो सशोधन, २०७६० लागू गरिएको हो ।
