धनगढी, १९ फागुन/ बरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारीको निधन भएको छ ।
धनगढी उप–महानगरपालिकाको उत्तरबेहडी घर भएका भण्डारीको ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले बताएको छ । विस १९८३ मा डोटीको निरौलीमा जन्मिएका भण्डारी केही महिना यता अस्वस्थ रहेका थिए । उनी क्यान्सर रोगसँग संघर्ष गरिरहेका थिए ।
भण्डारी कैलाली जनपुस्तकालय, सुदूरपश्चिमाञ्चल साहित्य समाजका सल्लाहकार, बद्रीनाथ सिकाइ केन्द्रका अध्यक्ष पनि थिए । उनले कुसल लेखक र कविको रुपमा पहिचान पनि आफ्नो पहिचान बनाएका थिए ।
भण्डारीको शव यात्रा आज बिहान साढे १० बजे शिवगंगा आर्यघाटका लागि सुरु हुने बताइएको छ ।
