धनगढी, १८ फागुन/वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । भारताल साझेदारी वन व्यवस्थापन समूहका संयोजक यादवप्रसाद भण्डारीसहित विभिन्न सामुदायिक र साझेदारी वनका पदाधिकारीले सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका हुन् ।
वैज्ञानिक वनका नाममा जंगल फडानी भएको भन्दै मन्त्रिपरिषद्को माघ ११ को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गरिदिएको थियो । यो निर्णयको सामुदायिक वन उपभोक्ता महासंघ नेपालले स्वागत गरे पनि साझेदारी वन र वन प्राविधिकहरुले विरोध गर्दै आएका छन् ।
