धनगढी, १७ फागुन/ बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टकी आमालाई रोयल जोरायल क्लव डोटीले आर्थिक सहयोग गरेको छ ।रोयल जोरायल क्लव जोरायल डोटीका युवाहरुले आफ्नो खाजा खर्च कटाएर संकलन गरी १५ हजार भागथीकी आमा द्रोपतीलाई हस्तान्तरण गरेका छन् ।
समान्य रकम भएपनि युवाहरुलाई सन्देश दिन सामाजिक कार्यमा उत्तरदायी बनाउन सो कार्य गरेको रोयल जोरायल क्लवका अध्यक्ष चेतराज भट्टले जानकारी दिए । क्लवले जोरायलमा युवाहरुलाई सामाजिक तथा खेलकुद कार्यमा प्रेरित गर्ने अभियन समेत चलाएको क्लवका महासचिव अनिल कठायतले जानकारी दिएका छन् ।